A loved one cries in front of a body bag after an explosion at a market in Davao City, Philippines September 3, 2016. REUTERS/Lean Daval Jr

भदौ १८ – 
फिलिपिन्सको दक्षिणी शहर डावाओमा भएको बम आक्रमणमा परि कम्तिमा १२ जनाको ज्यान गएको छ । राष्ट्रपति रोड्रिगो डुटरेटको गृहनगर डावाओको व्यस्त बजारमा बम विस्फोट भएको हो । रातिको समयमा भएको विस्फोटमा परि ३० जना भन्दा धेरै घाइते भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

A loved one cries in front of a body bag after an explosion at a market in Davao City, Philippines September 3, 2016. REUTERS/Lean Daval Jr
विस्फोटको कारण पत्ता लागेको छैन भने अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । राष्ट्रपति रोड्रिगो गृहनगर डावाओको भ्रमणमा रहेका बेला विस्फोट भएको हो । राष्ट्रपति रोड्रिगोलाई भने केही भएको छैन । यो वर्षको सुरुमा रोड्रिगो राष्ट्रपतिमा निर्वा्चित हुनुभएको हो । त्यसअघि उहाँ २० वर्षसम्म डावाओको मेयर रहनु भएको थियो । विस्फोटपछि डावाओको चारैतर्फ प्रहरी तैनाथ गरिएको र सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।