ताप्लेजुङ १८ भदौं,। पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको मृत्यु । एक जना वेपत्ता भएका छन् भने एक जना घाइते छन् । पहिरोले दुई दर्जन बढि घरमा क्षति पुर्‍याएको छ ।

pahiro_taplejungपहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका दुईका टिका मगरकी श्रीमति विमला मगर छोराहरु मनोज र ललित मगरको मृत्यु भएको छ । घर माथिबाट झरेको पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । उद्धारमा खटिएको सुरक्षा निकायले उनीहरुको शव निकालेको जनाएको छ ।

पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालीका ८ कि माइली लिम्बुनी बेपत्ता भएकी छिन् भने कान्छि लिम्बु घाइते छिन् । घाइतलाई बोकेर जिल्ला अस्पताल ल्याईदै गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।

अनलाइन खबरबाट