सिसहनियाँ १८ भदौ । 
देउखुरीको सिसहनियाँ ९ बगरापुरमा १३ लाख ५० हजारको लागतमा सामुदायिक तरकारी संकलन केन्द्र तथा बहुउद्देश्य भवनको निमार्ण गरिएको छ । डब्लुडब्लुएफ, नर्ती सामुदायिक वन समन्वय समिति, सिसहनियाँ गाविस, समुदाय र विभिन्न संघ सस्थाहरुबाट प्राप्त सो रकमले भवन निमार्ण गरिएको हो ।tarkari

केन्द्रमा तरकारी संकलन देखि लिएर तरकारी बाली र खाद्यन्नबालीको बिउ बिजन समेत पाइने भएको छ । आफनै गाउँमा केन्द्रको स्थापना भए पछि स्थानीयहरु समेत निकै खुसी भएका छन् । यसैबिच केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।।