दाङ, १७ भदौ ।
थारु कल्याणकारिणी सभा दाङले यहि भदौ १९ गते अर्थात हरतालिका तीजको दिन अट्वारी पर्व मनाउन थारु समुदायमा आग्रह गरेको छ । थारु समुदायको अट्वारी पर्व मनाउनको लागि तिथीमिति नभएकाले कुन दिन मनाउने भन्ने कुरामा अन्योल भएपछि सभाले यस्तो अनुरोध गरेका हो ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तेजमान चौधरी र सचिव सन्तोष दहितले आज एक विज्ञप्ती जारी गरि हरेक वर्ष जन्माअष्टमी पछिको दुई आइतवार अर्थात १२÷१३ दिनपछिको पर्ने आइतबारको दिन पुर्खाहरुले अट्वारी मनाउदै आएकोले त्यहि आधारमा यहि १९ गते अट्वारी पर्व मनाउन आग्रह गर्नुभएको हो ।
विज्ञप्तीमा थारु समुदायका अगुवाहरु संग छलफलगरि अट्वारी पर्वको निश्चित मिति तोोक्न र राष्ट्रिय पर्व घोषणा गरि कम्तिमा १ दिन सार्वजनिक विदा दिन समेत विज्ञप्ती मार्फत सरकारसंग माग गरिएकोछ । थारु समुदायले हरेक वर्ष २ दिनसम्म धुमधामका साथ अट्वारी पर्व मनाउदै आइरहेकाछन् ।।
