विजौरी १७ भदौ
८ औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस भोलीदेखी नेपालमा पनि मनाइदैछ । नेपाल लगायत विश्वभरी नै मनाइने गिद्ध संरक्षण दिवस भोलीदेखी सप्ताहव्यापी रुपमा मनाउन थालिएको हो । दाङमा पनि यहि २२ गते विशेष कार्यक्रम गरी मनाईने गिद्ध संरक्षणको काम गर्दै आएको संस्था पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अध्यक्ष एवं राष्ट्रिय गिद्ध संञ्जालका अध्यक्ष डिल्ली वहादुर रावतले दाङमा यहि २२ गते रामपुरको चरीङ्गे दहमा मनाइने जानकारी दिनुभयो । प्रत्येक बर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार देखी एक हप्तासम्म अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस संसारभर मनाईन्छ ।
विश्वका करीव ३० भन्दा बढी देशहरुले गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाउदै आएका छन । नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुषालका अनुसार नेपालमा मात्रै २० भन्दा बढी विभिन्न संस्थाहरुको संलग्नतामा यो दिवस मनाइदै छ । नेपालमा ९ प्रजातिका गिद्धहरु रहेका छन ।।