दाङ, १७ भदौ ।
हिन्दु नारीहरुको महान चाड तीज घरआँगनमा भित्रिदै गर्दा विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम भइरहेका छन । यसैक्रममा दाङका विभिन्न विद्यालयमा आज पनि तीज विशेष कार्यक्रम भएका छन । गोरक्ष रत्ननाथ मावि चौघेरा दाङले तिज विशेष कार्यक्रम अन्तर्गत आज नृत्यु प्रतियोगीता सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लको अध्यक्षतामा भएको प्रतियोगीतामा प्रावितर्फ ज्योति वुढा प्रथम, पुनम नेपाली, अञ्जु विक द्धृतीय र ज्योति नेपाली तृतीय हुनुभएको छ ।laliguras

यसैगरी मावितर्फ प्रियङका डिसी प्रथम, मालती योगी द्धृतिय, बबिता पौडेल तृतीय र अनिता चौधरी सान्त्वना हुुनभएको छ । नृत्य प्रतियोगीताका निर्णायकहरुमा शिक्षक नारायण सुनार, गोविन्द घर्ती र देवी वली रहनुभएको थियो । सो अवसरमा उत्कृष्ट हुने छात्राहरुलाइ पुरस्कार प्रदान गरिएको शिक्षक अर्जुन चौधरीले जानकारी दिनुभयो ।

यसैवीच, पद्यमोदय पब्लिक नमुना उच्च माविमा आज बिज्ञान संकायका विद्यार्थीहरुकोस्वागत तथा तिज बिशेष कार्यक्रम भएको छ । विद्यार्थी सुबास केसीको अध्यक्षता तथा विद्यालयका सहायक प्रिन्सीपल लोक बहादुर बस्नेतको प्रमुख आत्थियमा भएको कार्यक्रममा कक्षा ११ बिज्ञान संकायका विद्यार्थीहरुलाई स्वागत गरिनुका साथै तिजको अवसरमा सास्कृतिक कार्यक्रम पनि भएको हो ।

कार्यक्रमको सहजीकरण बिनोद खड्का र सुजता केसीले गर्नुभएको थियो । उता, विद्यानिलकण्ठ उच्च माविले पनि तिज बिशेष कार्यक्रम गरेको छ । बिद्यालयका प्रधानाध्यापक गणेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले तीजका विषय समेटिएका सांस्कृतिक प्रस्तुती राखेका थिए । कार्यक्रमको सन्चालन प्रीया के.सि र श्रीशान्ति झाक्रिले गर्नुभएको थियो ।

उता, हरितालिका तीजको अवसरमा आज खिमबहादुर मावि कोलहीमा तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद खनालको अध्यक्षतामा भएको प्रतियोगितामा निशा कार्की प्रथम, रीना रावत द्घितिय, मञ्जु पुन तृतीय र कमली वली, समिक्षा बाढा मगर, सालु चौधरी, सुशिला चौधरीले सान्तवना स्थान प्राप्त गर्नुभएको छ ।।