सिसहनियाँ १७ भदौ ।
नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ । चार्ड पर्वका समयमा हुन सक्ने चोरी डकैती, लागु औषध दुव्र्यसन, लैङगिक हिंसा जस्ता सम्भावित घटना हुन नदिन र सडक दुर्घटनालाइ मध्यनजर गरी प्रहरीले नागरिक केन्द्रित सचेतना मुलक कार्यक्रम सुरु गरेको हो ।
पछिल्लो समयमा युवाहरु लागुऔषध दुव्र्यसनीे जस्ता गलत कृयाकलापमा बढ्दो संलग्नतालाई कम गर्न र नागरिक बीचको सुमधुर सम्बन्ध कायम गर्न लागुऔषध, लैङगिक हिंसा तथा ट्राफिक नियन्त्रण सम्बन्धी सचेतना अभियान सुरु गरेको प्रहरीचौकीका प्रमुख यज्ञमणी वैदिकले बताउनुभयो ।
यसैबीच प्रहरी चौकी सिसहनियाँले आज सिसहनियाँ १ बड्का सिसहनियाँमा एक दिने लागुऔषध नियन्त्रण, लैङगिक हिंसा र ट्राफिक सचेतना सम्बन्धी एकदिने अन्तर्कियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चौकीका प्रमुख यज्ञमणी वैदिकको अध्यक्षतामा भएको कार्यक्रममा चौकीका प्रमुख वैदिकले लागुऔषधका बेफाईदा, त्यसको असर, व्यक्ति, समाज र भविष्यमा पार्ने असर, रोकथामका लागि गर्न सकिने प्रयास, कसको के भुमिका र लैङगिक हिंसा तथा चोरी डकैती हुन नदिन नागरिक र प्रहरीबीच साथीत्वको सम्बन्धका विषयमा प्रशिक्षण दिइएकोछ ।।











