दाङ, १७ भदौ ।
हरीतालिका तीजको आगमनसंगै दाङका वजारहरुमा किनमेल र चहलपहल वढेको छ । हिन्दु नारीहरुका लागी महत्वपुर्ण मानिने तीजका लागी विशेष गरी महिलाहको किनमेलका लागी सरमुकाम घोराही लगाएत अन्य वजारमा भीड रहेको छ । तीज आउन २ दिन मात्र वाँकी रहँदा महिलाहरु गाउँ र पहाडी भेगवाट पनि घोराहीसम्म गरगहना, मेहन्दी, चुरा टिकुली, दर खानका लागी चाहिने विभिन्न सामाग्रीहरु किन्न आएका छन ।teej

घोराहीका कस्मेटिक, फेन्सी र किराना पसलहरुमा हिजोआज महिलाहरुको भीड वढेको वयवसायीहरुको भनाइ छ । तीजमा व्रत वस्नका लागी चाहिने सामाग्री किन्नका लागी घोराही आएको त्रिपुर हापुरकी कल्पना शाहले वताउनुभयो । महिलाहरु तिजको अघिल्लो दिन माइत जाने, दर खाने र तीजका दिन निराहर व्रत वस्ने गर्दछन ।Chura-And-Mehandi

निराहर व्र्रत वस्नाले अशल श्रीमान पाइने, श्रीमानको आयु लामो हुने र मनोकांक्षा पुरा हुने धार्मिक मान्यता रही आएको छ । तीज पर्वलाइ मध्यजनर गर्दै दाङका अधिकांश विद्यालय आजवाट विदा गरिएका छन भने वजारमा तीजका गीतहरु घन्किन थालेका छन ।।