bangya chitraकाठमाडौँ,१७ भदौ । विश्वका ४० देशका करिब ५० व्यङ्ग्य चित्रकारले बनाएका व्यङ्ग्य चित्रको प्रदर्शनी त्रिपुरेश्वरस्थित फ्रान्सेली केन्द्रमा सुरु भएको छ ।

कात्तिक १२ गते अक्टोबर २८ तारिखसम्म चल्ने उक्त प्रदर्शनीमा राखिएका ५० भन्दा बढी चित्रमध्ये अशिकांश व्यङ्ग्यचित्रले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गरेका छन् ।

‘ड्रइङ फ्रिली’ नाम दिइएको प्रदर्शनीमा फ्रान्सको चार्ली हेब्डोले छापेका आतङ्कवादविरुद्धका तस्बिर प्राथमिकताका साथ राखिएका छन् । फ्रान्ससँगै बेलायत, अमेरिका, स्पेन, इटाली, ब्राजिल, अर्जेन्टिना, क्यानाडा, इजरायल, इरान, क्युवा, दक्षिण अफ्रिका आदि देशका कलाकारले बनाएका व्यङ्ग्यचित्र पनि छन् ।

जसमा आतङ्कवादसँगै, जातिवाद, भ्रष्टाचार र सामाजिक सञ्जालका विकृतिलगायत विभिन्न विषयका व्यङ्ग्यचित्र समावेश छन् । त्यस्तै नेपालका तर्फबाट उत्तम नेपालका आतङ्कवाद, नाकाबन्दी, सार्क सम्मेलन तथा समसामयिक राजनीतिक विषयका व्यङ्ग्यचित्र राखिएका छन् ।