काठमाडौ, १७ भदौ
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रुपैयाँ घटाएको छ । निगमले नजिकिदै गरेका चाडपर्वको अवसर पारेर मूल्य घटाएको हो ।gyas

गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य लागू हुनेछ । अब एउटा ग्यास सिलिन्डर १३ सय २५ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता भानुभक्त खनालले बताउनुभएको छ ।

तेलको मूल्य पपनि घटाउने योजना भएपनि भारतीय आयल कर्पोरेशनले मुल्य बढाएर सूची पठाएकाले तत्काल सम्भव नभएको खनालले जानकारी दिनुभयो । आयल निगमलाई हिजोसम्म खाना पकाउने प्रतिसिलिन्डर ग्यासमा १ सय ११ रुपैयाँ नाफा थियो ।।