tuकाठमाडौँ, १७ भदौ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असार महिनामा सञ्चालित विज्ञानतर्फ बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशन गरिएको छ ।

यसैगरी २०७२ माघमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल पनि बिहिबार नै प्रकाशन गरिएको छ ।

त्रिविका अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०१४७, १४०२३७, ३२००३१, ३२००३२ र ३९०८७८ लाई दुई वर्षसम्मका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरेको छ ।

परीक्षाफल हेर्न र नेपाल टेलिकमको १६०२ मा डायल
गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिनेछ ।