रोल्पा, १६ भदौ ।
रोल्पाको १० नं इलाकाको गाउपालिका जुगार गा.वि.स. मा र जिल्लामा गाउपालिकाको संख्या बढाउनुपर्ने माग गर्दै रोल्पाको पश्चिम भेग जुगार गाविस र बुढागाउ गाविसले आन्दोलन गर्दै आएका छन् । यसैबीच जुगारमा बिहीबार करिव पाँचहजार जनताहरु सहित विरोध ¥याली निकालिएको छ । आयोगले रोल्पामा सात वटा गाउ पालिका तोकेर पठाए पनि जिल्लाका नेता हरुले पाँच ओटा गाउ पालिका तोकेको र त्यस मध्य दश र एघार नं इलाकालाई मिलाएर एउटा दहवन नगरपालिका तोकेकोमा स्थानीयले विरोध गरेका हुन् ।rolpa

जुगार र बुढागाउँ गाविसमा प्रशस्त भौतिक पुर्वाधार, कलेज, प्लस टु साथै नजिकै बुढागाउ गा.वि.समा रोल्पा सिमेन्ट उद्योग पनि रहेको भन्दै जुगार तथा बुढागाउ संघर्ष समितिले गाउपालिका जुगार मै हुनुपर्छ भन्ने माग राख्दै विरोध ¥यालि निकालेका हुन् । विरोध ¥यालि जुगार को नेर्पा वजार परिक्रमा गरि नेर्पाको गाविस भवन अगाडि कोण सभामा परिणत भएको थियो । सभामा बोल्ने बक्ता हरुले जुगार भौतिक पुर्वाधारले भरिपुर्ण ठाउ भएकोले गाउपालिकाको केन्द्र जुगारमा हुनुपर्नेमा जोड दिएका थिए ।

विरोध कार्यक्रमको सभापति डिलबहादुर के.सी. तथा नेकपा एमाले पूर्व जिल्ला अध्यक्ष शान्तकुमार वलिको प्रमुख आतिथ्यमा संचालन भएको कोण सभामा अतिथिहरु नेकपा एमालेका जिल्ला सदस्य कुश बहादुर पुन, नेकपा माओवादि (केन्द्र) का जुगार इन्चार्ज मनराज पुन, नेपाली कांग्रेसका प्रतिनिधि खुम बहादुर वलि, नेकपा एमाले प्रतिनिधि तेज बहादुर डाँगी, ने.क.पा. माओवादी जुगार इन्चार्ज रामप्रसाद राणा, राप्रपा नेपालका प्रतिनिधी लगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।

भुपाल सिह डागीको स्वागत मन्तव्यबाट सुरु भएको कोण सभाको संचालन जुगार वजार व्यवस्थापन समितिका अभ्यक्ष कृष्ण बहादुर के.सी. ले गर्नुभएको थियो । विगत केही दिन देखि स्थानीयले गाउँपालिका पायक पर्ने र प्रशस्त पूर्वाधार भएको स्थानमा राख्नुपर्ने भन्दै विरोध गर्दै आएका छन् ।।