रोट्रयाक्ट क्लव अफ तुलसीपुरद्धारा स्पोर्टस स्कुलका बालवालिकाहरुलाई टिसर्ट सहयोग गरेको छ । विहिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी स्पोर्टस स्कुल फुटवल एकाडेमीका छात्रछात्राहरुलाई ४५ थान स्पोर्टस टिसर्ट सहयोग गरेको हो ।

क्लवले वालवालिकाहरुको क्षमता अभिवृद्धिमा प्रोत्साहन गर्न सहयोग गरेको क्लवका अध्यक्ष सन्दिपन रिजालले जानकारी दिनुभयो ।

रोट्रयाक्ट क्लवका अध्यक्ष रिजाल ,निवर्तमान अध्यक्ष देवेन्द्र केसी , उपाध्यक्ष रुपेश शर्मा लगायतले स्पोर्टस स्कुल फुटवल एकाडेमीका अध्यक्ष सुधिर गुरुङलाई १२ हजार वरावरको टिसर्ट हस्तान्तरण गर्नुभएको क्लवका कोषाध्यक्ष हेमेन्द्र खड्काले जानकारी दिनुभयो ।