प्युठान, १६ बैशाख
प्यूठानमा दुई छुट्टाछुटटै स्थानमा भएको आगलागीबाट १० वटा घर जलेर नष्ट भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा लागेको आगोले १० वटा घर जलेर नष्ट भएका हुन । आगलागीका कारण आधा दर्जन वढि गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
यसैविच, आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । आगलागीवाट भएको क्षतिका विषयमा आज अध्ययन गरिने उहाँले बताउनुभयो ।
सुख्खा मौसम, आगलागी स्थानमा अग्नि नियन्त्रण सन्जालकोे अभावका कारण समयमै आगो नियन्त्रणमा लिन नसक्दा धेरै घरगोठ जलेका हुन । हिजो दिनभर लागेको आगो जिल्ला दैवी प्रकोप उद्धार समितिको सहभागितामा प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीयवासी र विद्यार्थीले वेलुका मात्रै नियन्त्रणमा लिएका थिए ।
आगलागी पीडितका लागि आफन्तसँग बस्ने व्यवस्था गरिएको र आज मात्र राहात वितरण गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।।
