जाजरकोट, १६ बैशाख
जापानिज ईन्सेफलाईटिस राष्ट्रिय खोप अभियान जाजरकोटमा पनि संचालन हुने भएको छ । जिल्लालाई तीन भागमा विभाजन गरेर अभियान पुरा गरिने भएको छ । एक वर्षदेखि माथि र १५ वर्ष मूनी उमेर समुहका सबै बालबालिका राष्ट्रिय खोपबाट नछुटाउने उद्देश्यले अभियान गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लामा पहिलो चरणमा बैशाख २६ गतेदेखि जेठ ३ गतेसम्म दल्ली, रग्दा, भगवति, डाडाँगाउँ, लिम्सा, नायकवाँडा, रोकायगाउँ, सक्ला, लहँ, घरंगा र पैंकमा विजेई राष्ट्रि खोप सञ्चालन गरिने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. बोम विसीले जानकारी दिनुभयो । त्यसैगरी दोश्रो चरणमा जेठ ६ गते देखी १४ गते सम्म गर्खाकोट, पजारु, कोर्ताङ, दहँ, दशेरा, मजकोट, साल्मा, सुवानाउली, सिमा, थालारैकर र जुगाथापाचौरमा सञ्चालन गरिनेछ ।
यसैगरी, जेठ १६ गते देखी २४ गतेसम्म भुर, कार्कीगाउँ, झाप्रा, कुदू, बाहुँनथान पुन्म, अर्छानी र टालेगाउमा सञ्चालन गरिने डा. विसीको भनाई छ । जिल्लामा एक वर्षमाथि र १५ वर्ष मुनी उम्मेका ६० हजार ७ सय ५१ जना रहेको अस्पतालले वताएको छ । लामखुट्टेको टोकाईवाट मान्छेमा लाग्ने यो रोग लागिसकेपछि कुनै उपचार सम्भव नभएको वताईएको छ । रोग लाग्नवाट वच्नका लागी अनिवार्य सवैले खोप लगाउन सबैलाई आह्वान पनि गरिएको छ ।।