दाङ, १६ बैशाख ।
दाङ मानपुर गाविस बघौसी निवासी एक बृद्ध दम्पतीले दुर्लभ स्कन्द पुराण नेपाल संस्कृत विश्व विद्यालयलाई हस्तातरण गर्नुभएको छ । ९० बर्षिया बृद्ध दम्पती केदारनाथ गौतम र रुक्मीणा गौतमले पत्र सहित ८३ हजार श्लोक भएको स्कन्द पुराण हस्तान्तरण गर्नुभएको हो ।

sknd (1)

नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइराला गौतमकै घरमा पुगेर पुस्तक ग्रहण गर्नुभएको थियो । केदारनाथ गौतमका पनि बावुले संग्रह गर्नुभएको उक्त पुस्तक अत्यन्त दुर्लभ रहेको छ । पुस्तक ग्रहण गर्दै उपकुलपति कोइरालाले विश्वमा ८३ हजार श्लोक भएको स्कन्द पुराण १४ वटा मात्रै भएको आफूले थाहा पाएको बताउनुभयो ।