दाङ वैशाख, १६ ।
विगत चारवर्षदेखि संचालन हुँदै आएको राप्ती अंचलस्तरीय गायन प्रतियोगिता हिरो अफ भ्वाइसको चौथो संस्करण आगामी जेठ १ देखि प्रारम्भ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र पहल नेपालको संयुक्त आयोजनामा शुरु हुन थालेको यस प्रतियोगितामा राप्ती क्षेत्रका गायन विधाका सबै उमेर समूहका नवप्रतिभाहरुले भाग लिन सक्ने कार्यक्रम संयोजक के.एल.पीडितले बताउनु भयो ।

klप्रतियोगितामा विजेता हुनेलाई रु. २५ हजार नगद र २५ हजार बराबरको १ गीत रेकर्डिङको अवसर गरी ५० हजार बराबरको पुरस्कार प्रदान गरिने भएको छ ।प्रतियोगितामा राप्ती बाहिर रहेका, गीत रेकर्डिङ गरिसकेका र संगीतको विशेष प्रशिक्षण लिएकाहरुलाई भने समावेश नगराइने भएको छ । प्रतियोगितामा शतप्रतिशत निर्णायक मण्डलको सर्वसम्मत निर्णयबाट विजेता चयन गरिने तथा कुनै किसिमको भोटिङ प्रकृया नअपनाइने संयोजक पीडितले बताउनु भयो ।
हिरो अफ भ्वाइस कार्यक्रम मार्फत गीतसंगीतको विकास एवं प्रवद्र्धनमा टेवा पु¥याउने, गायन विधाका नवप्रतिभाहरुको खोजी एवं पहिचान गरी उनीहरुको प्रतिभा विकासमा सहयोग पु¥याउने, राप्ती क्षेत्रमा सांगीतिक वातावरण निर्माण गर्ने तथा नवयुवाहरुलाई गीतसंगीतको माध्यमबाट सिर्जनात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्य रहेको जनाइएको छ ।
राप्ती क्षेत्रका नवप्रतिभाहरुको प्रष्फुटन तथा गीतसंगीतको प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान दिएको हिरो अफ भ्वाइसको चौथो संस्करण नवगायकहरुले व्यग्र प्रतीक्षा गरिरहेका थिए । आगामी जेठ १ गते एक भव्य सांगीतिक कार्यक्रम सहित यस प्रतियोगिताको शुभारम्भ गरिने भएको छ ।