इन्द्रेणी संवाददाता
दाङ , १६ भदौ । केही दिन अघि तुलसीपुरमा भएको आईएमई चोरि प्रकरणलाई लिएर पार्टीको नाम बदनाम गर्न खोजीएको भन्दै नेकपा माओबादी दाङले आपति जनाएको छ । बिहीबार राप्ती समाचार दैनिकमा छापिएको ‘ आईएमई चोरि गर्नेको लगभग पहिचान ’ शिर्षकको समाचारमा तुल्सीपुरका प्रहरि अधिकारीलाई उदृत गर्दे आफनो पार्टीको नाम जोडिएको भन्दै विप्लव नेकपा माओबादी दाङले आपति जनाएको हो ।
बिहीबार राप्ती समाचारले चोरि प्रकरणका दोषी पहिचान भईसकेपनि विप्लव माओबादीको त्रासले आईएमईले उजुरी दिन नमानेको समाचार छापेको थियो । सो पार्टीका जिल्ला सेक्रेटरि सितलले उक्त समाचार कपोकल्पीत र भ्रामक भएको दाबि गरेका छन । ‘ उक्त समाचार कपोकल्पीत र भ्रामक भएको यसै विज्ञप्ति मार्फत स्पष्ट पार्दछों ।’ विज्ञप्तिमा उल्लेख छ ‘ यदि साँच्चिकै प्रहरि अधिकारीको हवाला आधिकारीक हो भने ती अधिकारीलाई छिटो भन्दा छिटो चोर पक्रन् अनुरोध गर्दछौं । आफु चर्चामा आउनलाई मनगन्ते समाचार लेखीएको आरोप लगाउदै पत्रिकाको विश्वसनियता माथी गम्भिर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।











