दोलखा, १६ भदौ ।
दोलखाको लामाबगर–४ छेचोतमो पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । पहिरोले पुरिएका चारजना बेपत्ता छन् । मृत्यु हुनेमा स्थानीय मंगले तामाङकी श्रीमती पातामाया, छोरा बडुले तामाङ र सोही ठाउँ पसल गरेर बसेकी गौरीशंकर–४ सिमिगाउँकी पेममाया तामाङ छन् । बेपत्ता हुनेमा स्थानीय मंगले तामाङ, उनको २ वर्षीय छोरा छेसाङ, छोरी प्रिसी र मंगलेकी सासु ७० वर्षीया सतमाई तामाङ छन् । पहिरोमा परी गम्भीर घाइते भएकी सिनो हाइड्रोको कर्मचारी चिनियाँ नागरिक वाइजुलियाङलाई उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको छ ।
