भाद्र १६ दाङ
लायन्स क्लव डिष्ट्रिक ३२५ वि.टु अन्तर्गत यस क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रम भोली शुक्रवार दाङको तुलसीपुरमा हुने भएको छ । डिष्ट्रिक ३२५ वि.टु अन्तर्गत एरिया नम्बर ५ का झण्डै १५ वटा लायन्स क्लवहरुको पदस्थापन हुन लागेको लायन्स क्लव अफ दाङका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उहांका अनुसार राप्ती अञ्चलका ५ वटै जिल्लामा रहेका क्लवहरुको कार्यक्रममा जमघट एवं अन्तरक्रिया कार्यक्रम समेत हुदै छ ।lionsकार्यक्रमको उद्घाटन एवं पदस्थापन गराउन लायन्स क्लव डिष्ट्रिक ३२५ वि.टु नेपालका गर्भनर घनश्याम भटृराई शुक्रवार विहान दाङको तुलसीपुर आउने कार्यक्रम रहेको छ । भटृराई संगै फस्ट भि.डि.जी. मधुसदन शर्मा सेकेण्ड भि.डि.जी. सुनिल ओझा लगायतकाक पदाधिकारीहरु दाङ आउन लागेको केन्द्रिय प्रमुख सल्लाहकार विनोद कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

यसैविच भोली शुक्रवार तुलसीपुर उद्योग वाणिज्य संघको सभाकक्षमा विहान ११ः०० वजे हुने कार्यक्रममा उपस्थितीको लागि लायन्स क्लव अफ दाङका अध्यक्ष श्रेष्ठ र महासचिव यज्ञ वहादुर के.सी.ले विज्ञप्ती जारी गरी यस क्षेत्रका सम्पूर्ण लायन्स क्लव र पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितीका लागि अनुरोध गर्नु भएको छ ।।