दाङ भदौ १६ ।
राप्ती शिक्षा क्याम्पस घोराहीमा आज तिज बिषेश कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी नारायण घिमिरेको अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन् भएको छ ।
कार्यकक्रमा वोल्ने वक्ताहरुले तिजलाई विकृति रहित वनाउन विद्यार्थीहरुले शन्देस दिनुपर्ने कुरामा जोड दिएका छन । हिन्दु नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा आयोजना गरिएको तिज बिषेश कार्यक्रममा बिभिन्न प्रस्तुतीहरु राखिएको थियो ।
ति प्रस्तुतीहरु मध्येबाट गायन बिधामा शारदा अधिकारी प्रथम, चन्द्र गिरी द्धितिय र अबिनाश घले तृतिय हुनु भएको छ । त्यस्तै नृत्य बिधा तर्फ प्रिति बस्नेत प्रथम, सरिता राणा द्धितिय र लक्ष्मी न्यौपाने तृतिय हुनुभएको छ । प्रतियोगीतामा प्रथम द्धतिय र तृतिय हुने सम्पूर्णलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ ।
विद्यार्थी ईन्द्र बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रको सहजिकरण शालिक राम पाण्डे र बिन्दु डाँगीले गर्नु भएको थियो ।।
