दाङ, १६ भदौ । 
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले सन्चालन गरिरहेको अभियान जारी रहेको छ । “समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान “अन्तर्गत हिजो मीड वयस्टर्न एकाडमी र शिद्ध पृथ्वी मावि श्रीगाउँमा कमिटी गठन गरिएको सो संगठनका संयोजक मदन केसीले जानकारी दिनुभयो ।salam

मीड वयस्टर्न एकाडमीमा तुलराज वस्नेतको अध्यक्षतामा ६७ सदस्यीय र शिद्ध पृथ्वी मावि श्रीगामा सन्तोष भण्डारीको अध्यक्षतामा ७३ सदस्यीय मुल इकाइ कमिटी गठन गरिएको हो । अभियान अन्तर्गत दैनिक विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाइ अभियानमा सामेल गराउँदै आएको अभियानका प्रवक्ता प्रकाश वलीले वताउनुभयो ।

यस्तै, आजपनि अभियान जारी रहेको र कमिटी गठन गर्ने कार्यक्रम रहेको सो संगठनले जानकारी दिएको छ । यसअभि अभियान दाङका पश्चिमी क्षेत्रका विद्यायहरुमा केन्द्रित गरिएको थियो । उत्तः अभियानमा सैयौं विद्यार्थीहरुलाइ सहभागी गराइएको वताइएको छ ।।