दाङ, १६ भदौ ।
राप्ती निम्न माध्यमिक विद्यालय बाघमारे ८ को २४ औ अभिभावक भेला सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष चित्र बहादुर केसीको अध्यक्षता एवम जिल्ला शिक्षा कार्यालय दाङका स्रोत व्यक्ति कवीराज डाँगीकोे प्रमुख आतिथ्यतामा कार्र्यक्रम सम्पन्न भएको हो ।
भेलाले लुद्र बहादुर केसीको अध्यक्षतामा ७ सदस्य नयाँ विद्यालय ब्यवस्थापन समिती सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा तिलक परियार, पे्रमा बुढा , टिकाराम वली ,मुना घर्ति खीम बहादुर के सी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिनेश कुमार वली रहनुभएको छ । कार्यक्रममा शिक्षक गोपाल मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गोपाल बुढाको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । समितिको सदस्यहरुमा रिठा बहादुर विक, कल्पना परियार, जोकलाल वली, सपना विक, दिपक विक रहनुभएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दिनेश कुमार वलीले गर्नुभएको थियो ।।











