दाङ, १६ भदौ । 
दाङलाई आनीवानी परिवर्तनसहित हरित नगर जिल्ला वनाउने अभियान सन्चालन गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले सरसफाइ अभियानमा साथ दिन नागरीकहरुलाइ आग्रह गरेको छ । गत फागुन महिनादेखी जारी अभियानमा अहिलेसम्म ६० भन्दा वढिले अभियान्ता वन्नका लागी फाराम भरेको संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो ।

14202634_1260483130663122_3142954261602618600_nउहाँका अनुसार यस अभियानका लागी ५ सय जना अभियान्ता तयार गर्ने लक्ष्य राखिएको छ । संघमा देनिक अभियान्ता वन्नका लागी निवेदन आउने गरेको जानकारी दिदै सुवेदीले यसका लागी आफ्नो आनीवानी परिवर्तन भने अनिवार्य रहेको वताउनुभयो । सरसफाइ अभियान्ता वन्नका लागी सरसफाइको क्षेत्रमा काम गर्न इच्छुक, हरियाली प्रवद्र्धनका लागी सक्रिय हुनुपर्नेछ ।

यद्यपी सामान्य हिसावले यो अभियानमा लाग्न भने कठिन रहेको संघले वताएको छ । उक्त अभियान अन्तर्गत घोराहीका टोल टोलमा पुगेर टोलवासीहरुलाइ सरसफाइवारे सचेतना दिने, व्यवसायीहरुसंग छलफल गर्दै आएको र नागरीकस्तरमा पनि अभियान प्रभावकारी वन्दै गएको उहाँको दावि छ ।

वाटोमा हिड्दा नागरीकहरुले जहाँ पायो त्यही फेहोर विर्सजन गर्ने समस्या रहेको र त्यसका लागी सम्वन्धित टोल विकास संस्थाहरुलाइ फोहोर फाल्ने डस्टविन प्रदान गरिएको छ ।।