Untitledतुलसीपुर १६ भदौ । तुलसीपुरको एउटा सुन चा“दी पसलबाट एकजना महिलाले झुक्काएर एकतोलाको सुनको सिक्री सित्तैमा लगेपछि प्रहरीलाई उनको खोजीमा लागिपरेको छ ।   दुई हजार रुपैया“ दिएर ६५ हजार १ सय ८० रुपैया“ पर्ने  एकतोला सुनको सिक्री लगेर एकजना महिला फरार भएपछि प्रहरीलाई ती महिलोको खोजीगर्न टाउको दुखाई समान भएको छ । तुलसीपुरको ‘घ’ लाईन स्थित बागेश्वरी सुन चा“दी पसलबाट एकजना महिलाले पसल साहुलाई झुक्काएर सुनको सिक्री लगेको जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको आज ६ दिन पुगिसक्यो । तर प्रहरीले अझै ती महिलालाई फेलापार्न सकेको छैन । सीसी क्यामेराको अध्ययनपछि प्रहरी ती महिलाको खोजीमा लागि परेको बताउ“छ ।

    सुन पसलका प्रोप्राईटर इन्द्रविर डा“गीले ग्राहकको रुपमा पसलमा आएकी एकजना बच्चासहितकी महिलाले गरगहना हेरेपछि सुनको सिक्री झुक्काएर लगेको बताए । ती महिलाले एक तोलाको सिक्री हेरेपछि मन परेकोले खरिद गर्ने भन्दै लैजाने भन्दै बिल बनाउन लगाएकी थिइन ।  तर ती महिलाले पसलेले सुनको सिक्री दिएपछि वाहाना गर्दे क्रिष्टलको माला उन्न लगाएकी थिइन । त्यसैक्रममा उनले सुनको सिक्री लुकाएर हातमै मुठ्ठी पारेको फूटेजमा स्पष्ट देखिएको छ । जो दृष्य सीसी क्यामेराको फूटेजमा कैद छ र प्रहरीले त्यसैको आधारमा ती महिलाको खोजी तीव्र पारेको छ ।

    सुन पसलका प्रोप्राईटर डा“गीका अनुसार  एउटा क्रिष्टलको माला उनेर तयार भएपछि फेरि ती महिमलाले थप अर्काै क्रिष्टलको मालापनि उन्न लगाएकी थिइन । साहुलाई व्यस्त तुल्याउ“दै झुक्काएर सुनको सिक्री लगेको सिसी क्यामेराको फूटेजमा पनि स्पष्ट देखिएको छ । काखमा बच्चासहित आएकी ती २४÷२५ वर्षको देखिने महिलाले गत भदौ १२ गते आइतबारका दिन सुनको सिक्री हेरेपछि पसल साहुले दिएको सिक्री राख्ने सानो झोलाबाट निकालेर हातमै मुठ्ठी पारेर लुकाएको र साहुलाई झुक्काएर सिक्री राख्ने झोला मात्रै दिएको स्पष्ट सीसी क्यामेराको फुटेजमा देखिएको छ ।

    तर त्यसपछि पनि ती महिला साहुलाई विश्वास दिलाउन वा अलमल्याउन धेरैवेर सोही पसलमा बसेको फूटेजमा देखिन्छ । तर ति महिलाले दोस्रो क्रिष्टलको माला पनि तयार हु“दैगर्दा भने दुइहजार रुपैया“ पेश्की दिदै आफू एकैछिन बुटिकमा पुगेर आउ“छु भन्दै सुन पसलबाट निस्किएकी थिइन । फूटेजको आधारमा त्यस्तो भन्न सकिएको प्रहरीले बताएको छ । बुटिकबाट फर्केपछि सिक्री र क्रिष्टलको मालाहरु लैजाने बताएकी ती महिला त्यसपछि भने उक्त पसलमा फर्कैर आइनन् । सिक्री र माला लिन धेरै बेर नआएपछि बागेश्वरी सुनचा“दी पसलका प्रोप्राईटर इन्दविर डा“गी बल्ल झल्यास्स भएको बताउ“छन् । त्यसपछि डा“गीले सिक्री राख्ने बट्टा र झोला जा“च गर्दा त्यहा“ सुनको  सिक्री फेला नपरेको बताए ।  त्यसपछि उनले ती महिलाले आफूलाई झुक्काएर सुनको सिक्री लगेको  बल्ल थाहा“ पाएको बताए ।

त्यसअघिसम्म ती महिलाले   झुक्काएको थाहा“ नै नपाएको बताउ“छन् । पसल सञ्चालकले महिलाले फिर्ता दिएको सुनको सिक्री राख्ने सानो झोला समयमै चेक नगर्नु कमजोरी देखिन गएको छ । विश्वासका कारण आफूले शंका नगरेको प्रोप्राईटर डा“गीले बताए । तर जतिबेला उनीहरुले महिलाले झुक्काएर गहना लगेको थाहा“ पाए त्यतिबेला ढिला भईसकेको थियो । डा“गीका बाबुछोरा पसलमै भएपनि सा“झ परिसकेकोले बजारमा कता खोज्ने त्यो संभव थिएन । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेपनि महिला पक्राउ अझै परेकी छैनन् । तर प्रहरीले सिसी क्यामेराको फूटेजमा स्पष्ट महिलाको पहिचान भएकोले एक न एक दिन सहजै पक्राउ पर्ने विश्वास व्यक्त गरेको छ ।