afimतुलसीपुर, १५ भदौ  । रुकुमवाट प्रहरीले २३ किलो आगुऔषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ । रुकुम रनमैकोट गाविस ८ बस्ने वर्ष ३८ को पूर्णवहादुर पुन र  मुसिकोट नगरपालिका १ बस्ने वर्ष ३८ वर्षीय  रामवहादुर घर्तीलाई आगुऔषध अफिम २३ किलो सहित क्षेत्रीय अनुसन्धान व्यूरो नेपालगञ्जको टोलिले बुधवार पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय व्यूरोका एकजना सदस्य कलिम बेहेनाले जानकारी दिए ।

मुसिकोट नगरापालिका १ खलंगावाट उनीहरुलाई पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान व्यूरोका वेहेनाले बताए ।  गोप्य सूचनाका आधारमा बुधवार साँझ सात बजे उनीहरुलाई पक्राउ गरिएको कलिम बेहेनाले जानकारी दिए ।  अन्तराष्ट्रिय बजारमा १ किलो अफिमको मुल्य १ करोड जतिपर्ने भएपनि नेपालमा भने त्यसको मुल्य निकै नै  कम रहेको बताउने गरिन्छ ।

नेपालमा प्रतिकेजी दुईलाखको दरले यसको खरिद विक्रि हुने गरेको प्रहरीले बताएको छ । नेपालको तत्कालको बजार मुल्य अनुसार बुधवार पक्राउ परेको अफिमको मुल्य झन्डै आधा करोड रुँपैयाको छ ।