काठमाडौं । संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ ।
संविधान दिवस मनाउन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्माननीय प्रधानन्यायधिश, सम्माननीय सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघ संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । यस अवसरमा असोज ३ गते विहान ८ वजे सैनिक मञ्च टुडिखेलमा सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिने छ ।











