काठमाण्डौ, १५ भदौ ।
थरुहट थारुवान संयुक्त संर्घष समितिले फेरि आन्दोलन घोषणा गरेको छ । राजधानीमा २ दिनसम्म चलेको संर्घष समितीको भेलाले आगामी असोज १४ गतेसम्मका लागी बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको संर्घर्ष समितीका नेता किशोर कुमार बिश्वासले जानकारी दिनुभयो ।tharuhot

आफुहरुको १३ बुँदे माग पुरा गर्न सरकार संबेदनशील नभएको आरोप लगाउँदै समितिले मधेश आन्दोलनको छानबिनका लागि गठित समिति आफुहरुलाई मान्य नहुने बताएको छ ।

घोषित कार्यक्रम अनुसार भदौ २४ देखी २९ गते सम्म मेची देखी महाकालीसम्म जिल्ला भेला गर्ने, संबिधान जारी भएको असोज ३ गते बिभिन्न १० स्थानमा बिरोध सभाको आयोजना गर्ने रहेको बिश्वासले जानकारी दिनुभयो । त्यस्तै असोज ७ गते थारु महिलाहरुले मनाउने जितिया पर्वलाई पनि आन्दोलनकै रुपमा मनाउने समितिले निर्णय गरेको छ ।।