sisu mirtudarघोराही १५ भदौ । सामाजिक अन्धविश्वासका कारण नवजात शिशु मृत्युदर र वालशिशु मृत्युदर अझै न्युनिकरण हुन नसकेको मंगलवार घोराहीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नवजात वालशिशु मृत्युदर न्युनिकरण सम्वन्धि दुईदिने तालिम समापन कार्यक्रम एंव सामुदायमा आधारित नवजात शिशु तथा वालरोगको एकीकृत व्यावस्थापन कार्यक्रम जिल्ला स्तरिय योजना तर्जुमा र कार्यक्रमका सहभागी बक्ताहरुले त्यस्तो कुरा बताएका हुन ।

 कार्यक्रम माथि कार्यपत्र प्रस्तुतगर्दै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. भुवन पौडेलले अधिकाँस नवजात शिशु एंव वाल शिशुहरु धामी झाँक्री वा झारफुक आधारित उपचार गर्न खोज्दा मृत्यु हुने गरेको बताए । कार्यपत्र पस्तुत गर्दै पौडेलले सन २०२० सम्म नेपालमा ९० प्रतिशत वच्चाहरुलाई अस्पतालमा सुत्केरी गराउने लक्ष्य रहेका समेत वताए । उनले कार्य पत्रमा प्रस्तुत गर्दै १ देखि ५ वर्ष मुनिका वालवालिकाको स्वास्थ्यमा सुधार र मृत्युदर न्यूनिकरण गर्न नसकेसम्म देशको उन्नती भएको मान्न नसकिने बताए ।

स्थानीय विकास अधिकारी रमेश गौतमको अध्यक्षता एंव प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी काफ्लेले अन्धविश्वास र चेतनाको अभावकाकारण नवजात शिशु र वाल शिशुको मृत्युदर अझै सोचे अनुरुप न्युनिकरण हुन नसकेको वताएका थिए । स्वास्थ्य चेतनाको अभाव एंव पुरानै मानसिक्ता अनि सोच जस्ता कारणहरुले समाजमा अझै समस्याहरु वल्झिदै गएको उनले टिप्पनी गरेका थिए ।

सेभ द चिल्ड्रन सहयोग एंव जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि काफ्लेले प्रत्येक गर्भमा रहेका भ्रुणहरु स्वस्थकर रुपमा जन्मन पाउनु मौलिक अधिकार भएको बताए । तर उचित खानापान , स्वास्थ्य सरसफाई र उपचारमा गर्भवति आमाले विचार नपु¥याउदा अकालमै नवजात शिशुहरु मृत्युवरण गर्नुपर्ने उनले वताए ।