दाङ, १५ भदौ
घोराही–१ सर्रामा मंगलबार वडा नं. १ लाई विकृतीरहित बनाउनेबारे छलफल भएको छ । घोराही नगरपालिका र हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपालको सहयोगमा वडा नागरिक मञ्च र बाल संरक्षण समितिले आयोजना गरेको जन्मदर्ता, बालश्रम, बालविवाह, खुल्ला मदिरा बेचबिखन र अपराध न्यूनिकरण सम्बन्धी छलफलमा सहभागी सबैले वडामा यी सबै विकृती रोक्ने प्रतिबद्धता जनाएका थिए ।youth

वडा नागरिक मञ्चका संयोजक जयभोला परियारको अध्यक्षता र घोराही नगरपालिकाकी स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडीपी) कार्यक्रम अधिकृत स्मृती भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बालश्रम, बाल विवाह, मदिरा बेखबिखन र अपराध नियन्त्रणमा सबैले पहल गर्नेबारे छलफल भएको छ ।

कार्यक्रममा हिप्डेकका कोषाध्यक्ष दुर्गालाल केसी, समाजसेवी यज्ञ बहादुर भण्डारी, वडा नागरिक मञ्चकी उपसंयोजक तुलसा केसी, वडा सचिव नारायण आचार्य, मानवअधिकारका लागि एकल महिला संजालकी अध्यक्ष यमकुमारी ढकाल, निगरानी समूहकी संयोजक बोधा भण्डारी र अस्थाई प्रहरी चौकी सर्राका प्रतिनिधि प्रहरी हवल्दार शिवराज भाटले आआफ्ना बिचार राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामाजिक परिचालकहरु अमृता चौधरी र सरस्वती खड्काले गर्नुभएको थियो ।