
तुलसीपुर १५ भदौ । पत्रकार हिरामणि चौधरीको मृत्यु भएको छ ।
तुलसीपुर १८ कचिला निवासी उनको मंगलवार राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चौधरीका दाजु भरतमणि चौधरीले जानकारी दिए ।
अन्दाजी ३१ बर्षीय चौधरी विगत १० वर्ष भन्दा बढी समयदेखि रेडियो तुलसीपुर दाङमा कार्यरत थिए । चौधरी भाषाको समाचार र चौधरी भाषा सम्वन्धि हरेक सूचना र सन्देश मुलुक कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मा हिरामणि चौधरीलाई नै थियो । चौधरीको शव मंगलवार राति राप्ती अञ्चल अस्पताल तुलसीपुरमै राखिएको थियो ।
उनको विष शेवनवाट मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनका एक छोरा र श्रीमती छन् । उनका ११ वर्षीय छोरा दिलिप चौधरी उमर उच्च मावि उरहरीमा अध्यनरत छन् । पत्रकार चौधरीको अन्तेष्टि बुधवार विहान ११ बजेरित सितलपुर स्थित ववई घाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।










