लक्ष्मण रसाइली
कतार, १४ भदौ । बिगत ९ बर्ष देखि साउदी अरबमा  जेल परेका थबाङ ४ झुराबाङ रोल्पाका पन्च बहादुर रोकालाई छोरा छोरीले खोजी गरेपछि आमालाई जवाफ दिन गाह्रो भएको छ । मगर भारतिय नागरिक हत्या अभियोगमा जेल परेका छन।thabang

 

मृतक भारतिय नागरिकका  आफन्त कोहि पनि अदालतको सम्पर्कमा नआउदा रोका मगरलाई अदालतको बिना  फैसलामा जेल राखियको छ। रोका मगरका घरमा श्रीमती र एक छोरा र एक छोरी रहेका छन। सानी छोरी ३ महिनाकि हुदा प्रदेश गएका रोका अहिले सम्म घर नफर्केपछि छोरा छोरीले वावाको खोजी गरिरहेका छन् । वावा साउदी जेलमा पर्नु भएको छ भनेर आमा फुला रोका मगरलाई जवाफ दिन गाह्रो भएको छ ।

रोकाकी श्रीमती फुला रोका मगरसंग साना छोराछोरीले दैनिक बाबा कहाँ हुनु हुन्छ, के गर्दै हुनु हुन्छ, भनेर गरिने  प्रश्नको जवाफ फुलाले दिन सकि रहेकि छैनन् । उनी भक्कानिदै भन्छिन श्रीमान अदालतको फैसला बिना  जेल वसेको ९ वर्ष भई सक्यो । मलाइ भने केही पनि थाहा छैन, कता के गर्नु पर्छ भन्दै फुलाले स्वदेश तथा बिदेशमा रहेका सरकारी तथा गैरसरकारी संघ सस्था, नेपाली राजदुताबास साउदी, नेपाल सरकार तथा सम्पुर्ण निकायमा आफ्ना श्रीमानको उद्धारको लागि अपिल गरेकी छन।

नेपाली राजदुतावास साउदी अरबमा आफ्नो श्रीमानको फाइल अदालतमा न पुगेकै कारण फैसलामा ढिलाई भयको र बिना फैसला सजाय स्वरुप जेल राखी रहेको फुला मगरले वताईन । आफ्नो श्रीमानको फाइल दूतावासबाट छिटो अदालत सम्म पुर्याई दिन उनले अपिल गरेकी छन् ।।