दाङ बैशाख १४
दाङको घोराहीस्थित पौडेल बेकरीमा चोरी भएको छ । चोरले सटर फोडी नगद २९ हजार र १० हजारको रिचार्ज कार्ड चोरी गरेको बेकरीका प्रोप्राइट विष्णु पौडेलले जानकारी दिनुभयो ।

cho

गएराती साढे ११ वजेको हाराहारीमा पसलमा चोरी भएको जनाइएको छ । गणतन्त्र दैनिक चोकमा रहेको बेकरीमा भएको चोरीमा संलग्न १ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय घोराहीका अनुसार पक्राउ परेकी महिलासँग नगद १० हजार र रिचार्ज कार्ड बरामद गरिएको छ । पक्राउ परेकी महिलासँग सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।।