तुलसीपुर–१४ बैशाख ।
नेपाल पत्रकार महाँसघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले संचारक्षेत्र बलियो भए मात्र देश र लोकतन्त्र वलियो हुने बताउनु भएको छ । तुलसीपुरमा रहेको रेडियो सञ्जिवनि एफ एम ९१ मेगाहर्जले आयोजना गरेको पत्रकारिता, उदघोषण तथा प्राविधिक तालिमको समापन कार्यक्रममा बोल्दै झाले त्यस्तो बताउनु भएको हो ।

dharm

झाले देशको बिकास र शासन ब्यवस्था वलियो वनाउने दायित्व पत्रकारहरुको रहेको भन्दै जिम्मेवार पत्रकारित गर्न आग्रह गर्नु भयो । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण र आम जनताले अधिकार प्राप्त गरे मात्र त्यो जिम्मेवार र समाज प्रति जवाफदेहि पत्रकारिता हुने झाको भनाई रहेको थियो । एक अर्को प्रशंगमा बोल्दै झाले पत्रकारीता तालिमले भोलिको संचार क्षेत्रको नेत्रृत्व लिने आधार मात्र प्रदान गरेको भन्दै त्यसका लागी प्रशिक्षार्थिहरुमा नेत्रृत्व लिने ईच्छा शक्ति हुनु पर्ने बताउनु भयो ।

त्यस्तैगरि कार्यक्रममा नेपाल पत्रकार महांसघ दाङका अध्यक्ष सुदिप गौतमले पत्रकारिता चुनौति पुर्ण पेशा भएको भन्दै जिम्मेवार भएर गर्न आग्रह गर्नु भयो । गौतमले पत्रकारितामा प्रवेश गरेकै दिन देखि ठुलो दायित्व थपिने भन्दै हाम्रो पत्रकारिताले समाजलाई फाईदा पुग्नुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का बिशिष्ट अतिथि नेपाल पत्रकार महांसघका पुर्व केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सके मात्र सफल पक्ष हुने बताउनु भयो । पोख्रेलले संचारकर्मि हुनु भनेको लोककल्याण , समाजकल्याण र नागरिकका अधिकार सुनिश्चीत भए भएन भन्ने कुराको खवर दारि गर्नु पर्ने बताउनु भयो ।

समापन कार्यक्रममा रेडियो संचालक समितिका कार्यबाहक अध्यक्ष कुशल तर्तालले आफुहरु ब्यवासायी भएको भन्दै यो रेडियो यसमा कार्यरत ब्यक्ति र आम श्रोताहरुको भएको बताउनु भयो । तर्तालले रेडियो लाई सफल र ब्यवस्थीत बनाउनका लागी आउने सुझावहरुलाई आत्मसाथ गरि अगाडि वढन संचालक समिति तत्पर रहेको बताउनु भयो ।

रेडियो सञ्जिवनी संचालक समितिका कार्यबाहक उपाध्यक्ष कुसल तर्तालको अध्यक्षता , नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतित्थ्यता, नेपाल पत्रकार महांसघ दाङका अध्यक्ष सुदिप गौतम र नेपाल पत्रकार महांसघका पुर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतित्थ्यतामा भएको कार्यक्रममा रासस राप्ति अंचल प्रमुख नारायणि रजौरे , राप्ति द्धारा साप्ताहिक भालुवाङका सम्पादक केशव बोहरा , नेपाल पत्रकार महांसघका दाङका सदस्य बालाराम खडका तालिममा सहभागि शुसिला नेपाली , खगेन्द्र केसी लगाएतकाले बोल्नु भएको थियो ।

रेडियो सञ्जिवनि एफ एमका समाचार प्रमुख बिमल गौतमको स्वागतम मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन रेडियोका स्टेशन म्यानेजर शरद रेग्मीले गर्नू भएको थियो । सो अवसरमा तालिममा सहभागिहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।।