सुदर्शन रिजाल
दाङ, १४ बैशाख
जिल्ला बिकास समिति दाङले आगलागीमा परी कष्टकर जीबन बिताईरहेका दाङ जिल्लाका करिव २ सप परिबारको घर निर्माणका सहयोगका लागि प्रयास थालेको छ । जिबिस दाङले सोमबार घोराहीमा प्राकृतिक प्रकोप समन्धमा गैर सरकारी संघसंस्थासंग समन्वय बैठक गरी आगलागी पिडितको घर निर्माणमा कस्ले कस्ले के कति कस्तो सहयोग गर्न सकिन्छ भनी श्रोत मापन तथा सहयोगको खोजी थालेका हो ।

feature

स्थानीय बिकास अधिकारी रमेश गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यमा गैससका प्रतिनिधीहरु सम्मिलित सहयोग श्रोत आकलन बैठकमा प्रमुख अतिथी काफ्लेले जिल्लामा करिब दुई सय परिबार आगलागीबाट प्रभाबित भई कष्टकर जीबन जीवन बाध्य भएकाले उनीहरुको घर निर्माणमा सहयोगमा जुट्न सबैलाई आग्रह गर्नुभएको थियो ।

राजनीतिक दलका प्रतिनिधी समेतको उपस्थितिमा भएको व्यापक छलफल पश्चात बिभिन्न निकायले आगलागी पिडितको घर निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्घता जनाएका छन् । जिल्ला बिकास समितिका सूचना अधिकृत कृष्ण के.सी.का अनुसार आईएनफले राजपुर गाबिसको खिर्किनाका र मिलखुटीका आगलागी पिडित घर परिबारलाई घर निर्माणमा जस्ता पाता सहयोग गर्ने भएको छ ।

यसैगरी साझेदारी बिकास कार्यक्रम दाङले गंगापरस्पुरका आगलागी पिडितका लागि घर निर्माणमा कर्कट पाता सहयोग गर्ने भएको छ । यस्तै नेपाल महिला सामुदायिक सेबा केन्द्रले ४५ हजार बराबरको सहयोग वा नगद दिने भएको छ । यसैगरी सिसा नेपालले उपलव्ध गराउने गैर खाद्य सामग्री सहयोगलाई पनि सोही बराबरको जस्ता पाता सहयोग गर्ने भएको जिबिस दाङले जनाएको छ ।

जिबिसले बिपदमा काम गर्ने बिश्व जनसंख्या कोष, युनिसेफ, रेडक्रस र जिबिसको लापा कार्यक्रमलाई पनि आगलागी पिडितका लागि सहयोग गर्न आग्रह गरेको स्थानीय बिकास अधिकारी रमेश गौतमले जानकारी दिनुभयो । जिबिस तथा जिल्ला दैबी प्रकोप उद्घार समितिले गैससका साथै आगामी दिनमा राजनीतिक दलहरु त्था सभासदहरु संग समेत छलफल गरी थप सहयोगको खोजी गरिने जनाएका छन् । दुबै निकायले आगलागी पिडितलाई हाल सम्म सहयोग गर्ने सबैलाई धन्यबाद दिदै थप सहयोगका लागि जुट्न आग्रह समेत गरेको छ ।