देउखुरी, १४ बैशाख ।
देउखुरीमा कृषि क्षेत्रको विकासका लागी सरकारी तथा गैरसरकारी निकायवाट लगानी भित्रिरहेको छ । जिल्ला कृषि विकास कार्यालय दाङले अनुदानको कार्यक्रम देउखुरीमै वढी केन्द्रित गरेको छ भने ब्यक्तिगत रुपमा पनि ब्यावसायिक खेती गर्नेहरुको संख्या पनि उत्तिकै छ ।

krisi

विकासको दृष्टिले देउखुरी पछी परेको गुनासो वेला वखत सुनिने गरेकोमा विकासका लागी लगाानी भित्रिरहेको हो । कृषि क्षेत्रको विकास गर्न धेरैखाले कार्यक्रम तथा परियोजनाले देउखुरीमा स्थान पाएको छ । खेतीयोग्य जमिन, सिचाईको सुविधा र बजारीकरणको सम्भावनाका कारण कृषिको विकासका लागी सरकारी तथा गैर सरकारी निकायहरुले लगानी लगाउने क्रम वढेको हो ।

आलु खेतीको ब्यावसायीक खेती, गुणस्तरीय विउ उत्पादन, कृषकहरुको क्षमता अभिवृद्धि र उत्पादित वस्तुको सुरक्षाका लागी झण्डै ९ करोडको लागतमा शित गृहको निर्माण सुरु भएको छ । यस्तै केराको गुणस्तरीय विरुवा उत्पादन गर्न टिस्यू कल्चर ल्यावको स्थापना गरिएको छ । राप्ती उद्यम प्रालीले लमही नगरपालीका ५ टिकुलीगढमा शित गृह निर्माण सुरु गरेको छ ।

८ करोड ४६ लाख २१ हजार सात सय ६३ रुपैयाँको लागतमा शित गृहको निर्माण सुरु भएको हो । एसियाली विकास बैंकको २ करोड ३९ लाख ५५ हजार चार सय ५७, नेपाल सरकारको ५९ लाख ८८ हजार ४ सय ४२ रुपैयाँ ६५ पैसाको अनुदान र राप्ती उद्यम प्रालीको ५ करोड ४६ लाख ७७ हजार ४ सय ४२ रुपैयाँको लगानीमा शित गृहको निर्माण थालिएको हो । ६ तले भवनमा कोल्ड स्टोर रहने छ । जसको क्षमता २ हजार ७ सय मेट्रीकटन स्टोर गर्ने रहेको छ ।।