तीर्थराज बोहरा 
जाजरकोट, ११ भाद्र । जिल्लाको उत्तरपरर्वी गाविस नायकवाडा ८ ताँसीका एक कुष्ठरोगी परिवार आर्थिक अभावका कारण उपचार गर्न नसकेर ६ वर्ष देखि जंगलमा वास वस्दै आएका छन् । सरुवा रोग मानिदै आएको कुष्ठरोग अरु गाउँले मानिसलाई नसार्ने मनसाय राखेर उपचार गर्नुको साटो रोगी परवार जंगलमा वास वस्दै आएको हो । गाउँ देखि झण्डै २ सय मिटर टाढा दुरीमा रहेको जंगलमा वास वस्दै आएका कुष्ठरोगी विरे कामी र उनकी श्रीमति रहेका छन् ।111आफ्नो जन्म मिति कति साल हो भन्ने सम्म थाहा नभएका कामी अन्दाजी आफु ५० वर्ष सम्म पुगेको अनुमान गर्दै उनी भन्छन्–“सन्तानको रुपमा छोरा–छोरी केही पनि छैनन्, दाजुभाईहरुसँग छुट्टिएका्े ३० वर्ष भईसक्यो र मलाई रोगलागे देखि अहिले सम्म एक पटक पनि भेट्न आएका छैनन्, गाँउलेहरुले कहिले काँही दिएको पिठोको रोटी वनाएर खान्छौं, गाउँलेले नै पानी ल्याइदिन्छन्, श्रीमतिले केहि पनि गर्न सक्दीनन जिउदो लास जस्तै भएर बाँचिरहेका छौं ।”

अत्यन्तै भावुक मुद्रमा कामीले आँशु पुछ्दै भने–“आफै मर्न सकिदो रहेनछ, बल्जिएका घाउहरुको पिडा निकै कष्टकर छ, घाँउबाट किराहरु झर्छन, उभिएर हिडडुल गर्न सक्ने अवस्था छैन, हात खट्टा चल्दैनन् घस्रिएर भित्र बाहिर गर्छु ।” कुष्ठरोगी परिवारसंग सम्पतीको नाम्मा दुुइओटा कुखुरा मात्र रहेका छन् । त्यही बेचेर चामल किन्ने सोच वनाएका लोग्ने स्वास्नीको कुखुरा कसैले पनि नकिन्दिएको गुनासो कामीले गरे ।22

खान, पान र उपचारका लागि सहयोग गर्ने कोही पनि नभएको उनको भनाई रहेको छ । अब धेरै बाँचिएला जस्तो लाग्दैन तर, स्वास्नीको सहाराको लागि अझै बाँच्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ । वाच्नका लागि रोगको उपचार कसरी गर्ने भन्ने कामी परिवारलाई निकै ठुलो चिन्ता छ । खरले छाएको कटेरोमा वास बसिरहेका कामीलाई कमाई गर्न भारतबाट आएका एक गाउँलेले ३ वर्ष पहिले एक जोर कपडा दिएको वताए तर, उनले दिएका कपडा च्यात्ती सकेका छन, अव के लगाउने भन्ने चिन्ताले सताई रहेको उनले वताए । कसैले सहयोग गर्छन कि भन्ने मनभित्र ठुलो आशालाई पालेर बसेको कामीले पिडा व्यक्त गर्दै भने । कामीको उपचारका लागि स्वास्थ्य चौकी तथा अस्पतालले रिफर गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र चाहिने स्वास्थ्यचौकी नायकवाडाका इन्चार्ज गणेश खड्काले वताए ।

कामीसँग हाल सम्म नागरिकता नै नभएको स्थानियहरुको भनाई छ । कामीलाई रोग लाग्नु भन्दा अगाडी ज्यामी, मजदुरी गरेर लोग्ने स्वास्नी पाल्लिने गरेको स्थानिय दीपक महताराले वताए । रोग लागेका कामी परिवारलाई कहिले काँही आफुले नै पिठां दिने गरेको महतराको भनाई छ । अरु छिमेकिहरु कामी परिवारको नजिक जान नै नमान्ने गरेको कुरा महतराले सुनाए ।
यस्तै विरे कामी जस्तै कुष्ठरोगी विरामीहरु नायकवाडामै अरु धेरै जना भएको कुरा आफु सम्म पुगेको स्वास्थ्यचौकी नायकवाडाका इन्चार्ज गणेश खड्काले वताए ।

स्वास्थ्य चौकिमा हाल सम्म एक जना पनि कुष्ठरोगी विरामी स्वास्थ्य चेक जाँचको लागि नआएको ईन्चार्ज खड्काको भनाई छ । विरे कामी जस्तै नायकवाडा वडा नं. ९ का अर्का कुष्ठरोगी ५३ वर्षिय कालिबहादुर चलाउने पनि हुन । उनलाई पनि रोग लागेको धेरै वर्ष विति सकेको छ । आर्थिक अभावकै कारण चलाउनेको पनि उपचार हुन सकि रहेको छैन ।