रोल्पा, ११ भदौ ।
रोल्पाबाट वैदेशिक रोजगारका लागि मलेसिया जाने भनेर हिँडेका कोटगाउँका दुई युवा काठमाडौंमा लुटिएका छन् । काटगाउँ–७ का मनप्रसाद परियार र कोटगाउँ–९ का ताराप्रसाद परियार शनिबार बिहान साढे ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट बानेश्वर जानेक्रममा लुटिएको पीडित मनप्रसादले वताएका छन ।lutiyeko

शनिबार मलेसियाको फ्लाइट रहेको उनीहरुको साथबाट ५०÷५० हजारका दरले एक लाख लुटिएको छ । १०÷१२ जनाको समूहमा मुखमा मास्क लगाएका लुटेराको समूहले आफूहरुलाई लुटेको पीडितको भनाई छ ।

पैसा लुटिएपछि उनीहरु अलपत्र परेका छन् । उनीहरुको घरमा फोन सम्पर्क नभएकाले थप समस्यामा परेको बताएका छन् ।।



Comments are closed.