काठमाण्डौ, ११ भदौ । 
मलेसियामा ३ जना नेपाली पक्राउ परेका छन । मलेसियास्थित निलाईमा रहेको ए वान ग्लोभ कम्पनीमा कार्यरत प्युठानका एक सहित ३ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।malesiya2
काम छोडेर हड्ताल गरेको र अरु साथीहरुलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा फक्राउ परेका हुन । पक्राउ पर्नेमा प्युठानका भिम पुन मगर, बुटवलका अनिल थापा र बाराका रामकिशोर हतिजन रहेका छन ।

यस्तै प्रहरीले नेपालीका साथमा अन्य पाँच जना पाकिस्तानी कामदारलाई पनि पक्राउ गरेको छ । न्युनतम तलबको वृद्धी, होस्टलको सेवा सुविधा, स्वास्थ्य उपचार पाउनुपर्ने लगायत माग राखी गएको बुधबारदेखि कम्पनीमा कार्यरत सबै देशका कामदारले काम हड्ताल गरिरहेका छन् ।।