ओमप्रकाश गुप्ता
लालमटिया ११ भदौ ।
करम्दी रेडियो स्रोता समुह बराखुट्टीले शुक्रवार बराखुट्टीको सुकुम्बासी टोलमा पञ्जीका सम्बन्धी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जन्म, मृत्यु, बसाई सराई, सम्बन्धविछेच्द, विवाह दर्ताका बारेमा जानकारी गराएको छ ।समुहका अध्यक्ष थमी पुनमगरको अगुवाईमा गएको टोलीले १५ घरपरिवारका स्थानीयहरुलाई पञ्जीका गर्दा हुने फाइदा र नगर्दा हुने समस्याका बारेमा जानकारी गराएको थियो ।featureअभियानका क्रममा अधिकांश घरपरिवारका सदस्यहरुले जन्मदर्ता, विवाह दर्ता र नागरिकता नबनाएको भेटाएको थियो ।

कार्यक्रममा सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ता, सामुदायिक अनुसन्धानकर्ता सिर्जना आचार्य, सहजकर्ता उषा बुढा उपाध्यक्ष मनकला थापा, सचिव आकृति घर्तीमगर र सदस्यहरु राधा रोका, पिमा बुढामगर, इमा घर्तीमगर, कृष्णा रानामगर, गिता दर्लामी, झुमा भण्डारी, निर्मला भण्डारी, रिमा भण्डारी लगायतको सहभागिता रहेको थियो ।।