महेश केसी/रुकुम 
बेलाबेलामा महिलामाथी हुने बिभिन्न खाले हिंसा र दुराचार बढिररहेको अवस्थामा महिलामाथी हुने लैङ्गगिक तथा अन्य विवेदको न्युनिकरण गरि पिडितलाई न्याय र पिडकलाई सजाय दिन आवश्यक पर्ने समन्वय केन्द्रका रुपमा रुकुम बिकास गर्ने लक्ष्यका साथ जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका १ मा स्थापना भएको महिला परामर्श भवन प्रयोगमा नै नआई जिर्ण बन्दै जान थालेको छ ।

14123582_1126579014083703_1930405551_o
प्रयोग विहिन महिला परामर्श भवन रुकुम

जिल्ला तहमा अन्तरपार्टी महिला संञ्जाल, मानवअधिकारका लागी महिला एकल महिला सञ्जाल र महिला मावअधिकार रक्षक संञ्जाल जस्ता विभिन्न नामका संठगन मार्फत जिल्लामा धेरै अधिकारकर्मी महिला अधिकार पक्षमा काम गरिहेको भएपनि सबैको ध्यान अरु नै तिर भएकोले परामर्श भवनको हालत बिग्रिएको हो । महिला मानवअधिकार रक्षक सञ्जाल रुकुमका उपाध्यक्ष डण्डी कार्कीले केही दिन अघि सञ्जालको बैठक बस्न भनेर भवनको भुईतलाको कार्यालय रहेको कोठा खोल्दा त्यहा बस्न नसक्ने अवस्था नरहेको र नाक थुनेर आफुहरुले जासोतसो बैठक सम्पन्न गरेको बताईन् । ‘चारैतिरबाट ओसिप आएका कारण कार्पेट पनि पुरै भिजेको छ र त्यहाँ रहेका समाग्रीहरु पनि धेरै जसो काम नलाग्ने भएका छन् ।’ कार्कीले भनिन् ‘भवनतर्फ कसैको पनि ध्यान जान नसक्दा यस्तो हालत भयो ।’

जिल्ला विकास समितिको कार्यालय रुकुमद्धारा गएका तिन आथिक बर्षमा क्रमागत योजना अन्तरगत क्रमशः जम्मा १० लाख ९७ हजार लागनिमा निर्माण भएको यो भवनको माथिल्नो तला निर्माणको काम अहिले पनि भैहरेको छ । माथिल्नो तला निर्माणको काम भैरहदा तल्नो तलामा भने बस्न नमिल्ने भएको छ । जिल्ला विकास समितिको कार्यालयको स्वमित्वमा रहेको यो भवनमा कार्यालय व्यवस्थापनका लागी भनेर लाखौको लगानीमा खरिद गरिएका विभिन्न कार्यालय व्यवस्थापनका समाग्रीहरु लामो समयसम्म कोठा बन्द भैरहदाँ काम नलाग्ने गरी बिग्रएको अवस्था छन्  ।

भिरालो जमिनमा अवस्थित उक्त भवनको माथीपट्टी सडक रहेको र उक्त सडकतिरबाट लगातार झरी पर्दा ठुलो भेल बगेर आउने र उक्त भेलले भवनको चारैतिरको भु–भागलाई विस्तारै चिर्दै लगेकाले पनि भवन खतरामा परेको छ । जिल्ला विकास समितिका सुचना अधिकृत चिन्तामणी दहालका अनुसार कार्यलयको रेखदेखका साथै पिडित महिलाहरुलाई मनोसमाजिक परामर्श गर्नका लागी एक जना कर्माचारी पनि राखाएको भएपनि उक्त कर्माचारीले महिला तथा बालबालिका कार्यालयमा रहेर काम गरिहेको बताए । दाहालले भने, ‘बर्ष याम भएकाले कार्यालय वरिपरी केही असरहरु परेको हुनसक्छन् तर भवन काम नै नलाग्ने भने भएको छैन ।’

त्यस्तै अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष निर्मला गिरीले भवन हाल बैठक बस्ने कामका लागी मात्रै प्रयोगमा आएको स्विकार गर्दै चाडै नै पिडित महिलाहरुलाई अस्थाई बासस्थान र आवश्यक परामर्श गर्नका लागी सेफ हाउसको रुपमा विकास गर्ने बताईन । ‘हामी निर्माणकै चरणमा छौ, निर्माण सकिएपछि यस भवनलाई थप व्यवस्थित गराउने हाम्रो प्रयास रहनेछ’ गिरीले भनिन् ‘कहिलेकाँही बैठक बस्दा मात्रै खोल्ने गरेका छौ यसालाई चाडै नै हामी साच्चैको परामर्श भवनको रुपमा विकास गर्नेछौ ।’ परामर्श भवनको निर्माण पुरा नभएको र निर्माण भएको भाग पनि व्यवस्थित नभएकोले पिडित महिलाका लागी सेफ हाउसको रुपमा मुसिकोट नगरपालिकाकै रावलबारमा रहेको एउटा घर भाडामा लिएर काम भैरहेको छ । उसो त यो परामर्श भवन सडक छेउमा रहेको र भौगोलिक हिसाबले पनि अपठ्यारो ठाँउमा रहकोले उक्त स्थानमा सेफ हाउस बनाउन नसकिने सारोकारवालाले बताएका छन् ।