इन्द्रेणी संवाददाता
दाङ , ११ भदौ । सगरमाथा सिमेन्ट उद्योगले आफुहरुसंग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै लक्ष्मिपुर गाबिसका स्थानियले उद्योग बन्द गराउने चेतावनि दिएका छन ।सम्झौता विपरित उक्त उद्योगले आफना गतिविधी सञ्चालन गरिरहेको उनिहरुले बताएका छन । लक्ष्मीपुर ४ गोग्लीका स्थानिय नरेन्द्र बञ्जाडेले सिमेन्ट उद्योगले सम्झौता गरेबमोजीम धुलो धुँवा नियन्त्रण नगरेर स्थानियको स्वास्थयमा प्रत्यक्ष असर पुर्याइरहेको जानकारी दिए ।‘ शुरुवाति चरणमा धुलो , धुँवालाई नियन्त्रणमा राखि उद्योग सञ्चालन गर्ने सहमति भएको थियो ’ उनले भने‘ तर यतिका वर्ष बितीसक्दा पनि उद्योगले कुनै सहमति कार्यान्वयन गरेको छैन ।’
सगरमाथा सिमेन्ट आसपासको क्षेत्र हेर्दा धुलो र धुँवाले भरिएको देख्न सकिन्छ । सिमेन्ट उद्योगले फैलाएको सिमेन्टको धुलोले स्थानियका खेतबारी बाँझा रहन थालेका छन । यस्तै क्षणक्षणमा हिंड्ने टिपरले ध्वनि प्रदुषन गरेको स्थानियको गुनासो छ ।
नियम विपरित सञ्चालन
घोराही सिमेन्ट उद्योग सरकारी मापदन्ड विपरित सञ्चालन आएको स्थानियहरुले वताएका छन । नेपाली काँग्रेसका लक्ष्मीपुर ईकाई सभापति युवराज आचार्यले उद्योगले करिव पाँच विगाह सरकारी जमिन कब्जा गरेको बताए । ‘ उद्योगको मुख्य मेसिन र चिम्नी नै एैलानी जग्गामा छ ।’ उनले भने ‘ यसका साथै भौगोलिक हिसाबले पनि उद्योग मापदण्ड विपरित सञ्चालन भईरहेको छ ।’ यस्तै चलनचल्तीमा रहेको बाटो मासेर उद्योगले आफुहरुलाई मर्कामा पारेको स्थानियले बताएका छन । यस्तै लक्ष्मीपुरका वर्डा नम्बर ५ र ६ को तापामा रहेको सिमेन्ट उद्योगको चुनढुङा खानी पनि नियमविपरित सञ्चालन भईरहेको स्थानियले बताएका छन । वन ऐन २०४९ अनुसार जंगलको बिचमा त्यस्तो खानि खोल्न नपाईने नियम भएतापनि सगरमाथा सिमेन्ट उद्योगले खानी सञ्चालनमा ल्याइरहेको आचार्यले जानकारी दिए ।
पटकपटक लत्याइयो सम्झौता
सिमेन्ट उद्योग सञ्चालनका लागी स्थानिय संग पटक पटक विभीन्न सम्झौता गरिएको छ । तर ति सम्झौता कार्यान्वयन हुनुको साटो सहमतिका चाङ मात्र थुप्रिएका छन् । २०७२ जेठ ३२ गतेमात्र दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा स्थानिय र उद्योगका विचमा ११ वुदे सहमति भएको थियो । जसअनुसार उद्योगले ध्वनि प्रदुष्ण नियन्त्रण गर्ने , धुलोधुँवा लाई सिमेन्ट उद्योग भित्रै सिमीत गर्ने , स्थानिय निकायलाई तोकिए बमोजीम कर बुझाउने, र सो रकम वातावरण संरक्षणका लागि खर्च गर्ने , धुलो नियन्त्रण गर्न सडक कालोपत्रे गर्नुपर्ने , सडक कालोपत्र नहुँजेल सडकमा नियमित ट्याँकर बाट पानी छर्कनुपर्ने, उद्योगमा काम गर्ने श्रमिकको प्रचलित श्रम ऐन अनुसार कामदारको दक्षताका आधारमा तलबको व्यवस्था गर्नुपर्ने र सबै कामदारलाई नियुत्ति पत्र अनिवार्य दिनुपर्ने लगायतका ११ सम्झौता गरिएको थियो । तर पछिल्लो पटक गरिएको उक्त सम्झौताको कुनै अंश पनि पालना नगरिएको स्थानिय दिनेश गौतमले जानकारी दिए । ‘ हामीलाई पटकपटक सम्झौताका नाममा पटकपटक ढाँट्ने काम मात्र गरियो ।’ उनले भने ‘ राज्य पनि हाम्रो समस्याप्रति गम्भिर भएन ।’
यस्ता छन असर
उद्योग बाट निस्कने धँुवा धुलोले स्थानियको स्वास्थ्यमा प्रतिकुल असर प¥र्याउदै आएको छ । सिमेन्टको धुलोका कारण स्थानियले आँखा, कान, फोक्सो , मुटु, स्वासप्रस्वास, लगायतका समस्या भोग्दै आएका छन । यस्ता रोगबाट वृद्धवृद्धा बढी मात्रामा प्रभावित भएकोे सिमेन्ट उद्योग प्रभावित क्षेत्र सरोकार तथा वातावरण संरक्षण समितिका संयोजक भरतराज देवकोटाको बताए ।
यस्तै खेतबारी सिमेन्टको धुलोले ढाकिएका कारण उत्पादन कमी आएको छ । धान,गहु मकै आलु, टमाटर लगायत विभिन्न बालीनाली उत्पादनमा कमी आएको स्थानियले बताएका छन । तरकारी खेतीका लागि पकेट क्षेत्र मानिदै आएको लक्ष्मीपुर र छिमेकी रामपुर गाविस विस्तारै खण्डहर बन्दै गएको देवकोटाले बताए ।यस्तै ध्वनि प्रदुषणका कारण स्थानियको श्रवणशक्तिमा समेत असर परेको स्थानियको भनाई छ । केही समयअघि मात्र गुणस्तरहीन सगरमाथा सिमेण्टका कारण बनिसकेको कैयन घर दाङमा भत्काउनुपरेको थियो ।
राजनैतिक दल चन्दामै सिमीत
सिमेन्ट उद्योगले ठुलो मात्रामा असर पुर्याउदै आए पनि जिल्लाका राजनैतिक दल भने यो विषयमा खासै गम्भिर भएको देखिदैन । स्थानियले पटकपटक राजनैतिक दलहरु संग समस्या समाधान गरिदिन आग्रह गर्दै आएका छन । ‘ स्थानियले समस्या उठान गर्दा राजनैतिक दल शुरुशुरुमा चर्को स्वरमा उद्योगको विरोध गर्दे आएका छन । ’ एक स्थानियले नाम उल्लेख नगर्ने शर्तमा भने ‘ तर विस्तारे उद्योगले मुखमा चन्दाको बुजो लगाईदिएपछि उनिहरुको विरोध पनि मत्थर हुँदै जान्छ । ’
सिमेन्ट उद्योग सञ्चालन गर्न दिदैनौ
सिमेन्ट उद्योगले स्थानियको जनजिवनमा प्रत्यक्ष असर पुर्याएपछि आफुहरु उद्योग सञ्चालन गर्न नदिने पक्षमा पुगेको सरोकारवालाले बताएका छन । स्थानियको जनजिवनमा असर पार्ने र सम्झौताका पालना पनि नगर्ने सिमेण्ट उद्योगको रबैयाका कारण आफुहरु उद्योग सञ्चालन गर्न नदिने मनस्थिीतिमा पुगको दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बण्जाडेले बताए । ‘ अहिले सम्म स्थानियलाई आन्दोलन नर्गनुस भनेका छांै । तर स्थानियको धैर्य पनि भत्कने अवस्थामा पुगेको छ ।’ उनले भने ‘ अवको एक हप्ता सम्म उद्योग प्रभावितका माग पुरा नगरे उद्योग बन्द गर्न अभियान चलाँउछौ ।’