तुुलसीपुर, १० भदौ । मालिका कालिका यातायात प्रालिले दाङका ग्रामीण भेगबाट सेवा दिन सुरु गरेको छ । शुक्रबारदेखी पन्चकुलेको हापुरे,फुलबारीको बखरिया,डुरुवाको कोठरी र देउखुरीको गढवाबाट काठमाडौका लागि डिलक्स बस सञ्चालन गरेको प्रालिका अध्यक्ष सुमन पाखरेलले जानकारी दिएका छन् ।

Kalika-Malika-Bus

“ग्रामीण भेगका यात्रुलाई गाऊँबाटै सेवा दिने उद्देश्यले गाऊँबाट बस सञ्चालन गर्न सुरु गरेका हौं ।”अध्यक्ष पोखरेलले भने,“अब चाँडै देशका अन्य ठाऊँ र स्थानिय रुट पनि सुबिधायुक्त बस सञ्चालन गर्छो । उनका अनुसार दिवासेवा समेत सुरु गरेको  । प्रालिले हाल दैनिक वटा बस काठमाडौ छुटाउन थालेको पनि जनाएको छ ।  प्रालिले हाल ३१ वटा डिलक्स बस सञ्चालन गरिरहेको छ ।