एसएलआरको गोली बोकेका भारतीय नागरिक शेखर सुमनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सीतामढी सोनबर्सा स्थायी घर भएका २१ बर्षिय सुमन सहित पाँच जनाको टोलीलाई त्रिभुवन नगर प्रहरी चौकी र शसस्त्र प्रहरी बलको संयुक्त टोलीले बिहीबार राती त्रिभुवन नगर गाविस–४ झिमपुल नजिकबाट पक्राउ गरेको हो ।
उनिहरुको साथबाट एसएलआरुको गोली १ राउण्ड, थ्रिनटथ्रि राईफलको गोली १ राउन्ड तथा नगद २० हजार ३ सय बरामद गरिएको प्रहरीले जनाएको छ ।
