काठमाडौँ – पाचन प्रक्रियामा समस्या देखिएपछी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपचारार्थ सिङ्गापुर तिर प्रस्थान गरेकाछन।
पेटको पाचन समस्याको नियमित उपचारको सिलसिलामा सभापति देउवा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
आज दिउँसो सिङ्गापुरका लागि उडेका देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन् । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी आज त्यसतर्फ गएका हुन् ।