तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा शुक्रवार देखि नापतौल डोर टोलीले व्यवसायीहरुको नापतौलका सामाग्रीहरु चेक जांच गर्न शुरु गरेको छ ।

naptoulगुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय नेपालगंजवाट खटी आएको टोलीले यस क्षेत्रका व्यवसायीहरुका ढक, तराजु, कांटा, लिटर, मिटर लगायतका सामाग्रीहरु चेक जांच गर्न शुरु गरेको वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनु भयो । व्यवसायीहरुको सुविधाका लागि वाणिज्य संघले आफ्नो समन्वय र व्यवस्थापनमा नापतौल टोली तुलसीपुर आएको हो ।

नापतौल क्षेत्रिय कार्यका निरिक्षक शम्भु आचार्य  को नेतृत्वमा दिपा खनाल, अजिता घिमिरे र रामसुरद चौधरी सहित तुलसीपुर उद्योग वाणिज्य संघको सचिवालयको टोली नापतौल तथा व्यवस्थापनमा खटिएको छ । टोली मंगलवार सम्म तुलसीपुरमा रहने वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भटृराईले जानकारी दिनु भयो ।