इन्द्रेणी संवाददाता

पुनरावेदन अदालत वार ईकाई तुलसीपुरले पुनरावेदन अदालत तुलसीपुरका माननिय मुख्य न्यायधिशलाई शुक्रबार स्वागत गरेको छ । पुनरावेदन अदालत तुलसीपुरमा भर्खरै सरुवा भएर आएका मुख्य न्यायधिस डाक्टर कुलरत्न भुर्तेललाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा मन्तब्य राख्दै बक्ताहरुले राप्ती अञ्चलको नेतृत्व वगर्ने पुनराबेदन अदातल तुलसीपुरले मानबअधिकारको वकालत गर्दै निस्पक्ष न्याय दिनु पर्ने बताएका छन् ।

14123613_593999124121352_936330141_oराप्ती बासीहरुले पनि निस्पक्ष , सरल , सहज र सिघ्र न्याय सेवाको अपेक्षा गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेपाल बार एसोसिएसनका निबर्तमान उपाध्यक्ष पदम प्रशाद वैदिकले भन्ने र गर्ने संगै हुनुपर्ने बताए । उनले भने ‘ पहिले भन्ने एउटा र गर्ने एउटा थियो तर अहिले त्यस्तो हुनेछैन । ’ पुनराबेदन वार ईकाई तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा माननिय मुख्य न्यायधिस कुलरत्न भुर्तेलले नागरिकको न्यायमा बिचलन हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

उनले बिधि र पक्रिलाई नमिचि नागरिकलाई सरल , सिघ्र, सुलभ र सुपथ न्याय दिने बताएका छन् । उनले भने ‘ मेरो सेवालाई राप्तीवासीले कहिल्यै गरि बिर्सन नसक्ने गरी सेवा प्रदान गर्नेछु । ’ कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बारका निबर्तमान अध्यक्ष मोहन प्रशाद धितालले बार र अदालत बिचको सम्बन्धलाई अझै समधुर बनाएर लैजानु पर्ने बताएका थिए । उनले भने ‘ न्याय सम्पादनमा बार र अदालतको भुमिका महत्वपुर्ण हुन्छ , यी दुई बिचको सम्बन्धलाई झनै गाढा बनाएर लैजानु पर्छ । कार्यक्रममा माननीय न्यायधिस श्रीमण कुमार गौतम , सरकारी वकिल कार्यालयका उप न्यायधिवक्ता चक्रदेव आचार्य , वरिष्ठ अधिवक्ता वामदेव शर्मा , नेपाल वार एशोसियसनका पुर्व उपाध्यक्ष गोकर्ण गिरी , पुनरा वेदन वार एशोसियसनका पुर्वअध्यक्ष डिल्ली राज धिताललगायतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमसहजीकरण अधिवक्ता श्रीराम चौधरीले गरेका थिए ।