कृष्ण जन्माअष्टमी २०७३ को अबसरमा रुकुमेली एकता समाज दाङले दाङको घोराहीमा आयोजनाग रेको तीज बिशेष कार्यक्रममा दङाली दर्शकहरु केन्द्रिय तथा स्थानिय कलाकार सँग दिनभर नै झुमे ।
निर्धारित समय भन्दा केहि ढिला सुरु भएको तीज बिशेष कार्यक्रमकी प्रमुख आकर्षक बनिन दङाली गायिका भूमिका गिरी । भर्खरै मात्र तीज गित ‘ नरिसाउन कान्छु, एकैछिनलाई जान्छु, सिंगारपटार गरि आउछु ब्युटी पार्लरमा।’ भन्ने तीज गीत बजारमा लिएर चर्चा बटुलेकी भूमिकाको स्टेज तताउनमा महत्वपुर्ण भूमिका रह्यो ।
आकर्षक ज्युडाल, साडी ,चुरा पोते र कैलो कपालमा स्टेजमा चढेकी भूमिकाले दर्शक दिर्घ मै पुगेर छम छमी नाच्दा नचाउदा आम दर्शकले भूमिकाको समर्थनमा हुटिङ्ग गरेका थिए ।
त्यस्तै कार्यक्रमका अर्का आकर्षक थिए लोक तथा दोहोरी गाएक प्रदिप रोका रोकाले पनि विभिन्न तीज तथा लोक तथा दोहोरी गित गाएर दर्शकलाई भरपुर मनोरंजन दिएका थिए ।
बर्तमान उदियमान लोक तथा दोहोरी गाएक प्रदिप रोकाले गायिका हरु भूमिका गिरी र शुशिला गौतम संग दोहोरी खेलेर आम दर्शकलाई थप मनोरंजन दिएका थिए ।
कार्यक्रममा पछिल्लो समयकी चर्चित मोडेल तथा नृत्यांगना रिना थापा मगरले छम छमी नाचेर कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन् । विभिन्न तीज तथा लोक दोहोरी गीतहरुमा शिर्ष भूमिकामा नृत्य प्रस्तुत गरिसकेकी रिनाले आफ्नो आकर्षक नृत्यद्वारा दंगाली दर्शकको मन चोर्न सफल भइन ।
सुशीला गौ तम र सरि ता रावतले पनि आफ्नो गित मार्फत दंगाली दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेका थिए । रुकुमे ली एकता समाज दाङका अध्यक्ष महे न्द्र बुढाथो कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सदस्य केशरमान बिसी र प्रकाश पुनले गरेका थिए ।
