तुलसीपुरमा रहेको इन्नोभेटिभ ज्ञानज्योति पब्लिक स्कुलका विद्यार्थीहरुले घोराही तेरौटेमा रहेको वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई सहयोग गरेका छन् । विद्यालयको सहयोग र विद्यार्थीहरुले खाजा खर्च कटाएर उठाएको रकमबाट २० हजार वरावरको भौतिक सामग्रीको सहयोग गरेका हुन् ।
उनीहरुले वृद्धाहरुको आवश्यकतालाई ध्यानमा राखेर १०० किलो आलु,२५ किलो प्याज,२५ किलो दाल, ५० पोका नुुन, २४ लिटर तेल, सावुन लगायतको सहयोग गरेका थिए । सो अवसरमा विद्यालयका तर्फबाट प्रिन्सिपल लोकेन्द वहादुर खड्का ले वृद्धाश्रममा रहेका सवै वृद्धाहरुलाई सल ओढाएर सम्मान गर्नुभएको थियो ।
सहयोग वितरण कार्यक्रममा विद्यार्थीका तर्फबाट समिक्षा एमसी र शिक्षकको तर्फवाट राकेश डिसी अनि वृद्धाश्रमकी व्यवस्थापक हिरा शाह लगायतका वोल्नुभएको थियो । वालवालिकाहरुलाई वावुआमा सँगै जेष्ठ नागरिक प्रतिको धारणा सकारात्मक वनाउनका लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको प्रिन्सीपल खड्काले वताउनुभयो ।
विद्यालयले नियमित रुपमा विद्यार्थीहरुको सक्रियतामा सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका वालवालिकाको सहभागिता रहेको थियो ।