काठमाडौँ, ९ भदौ । काग्रेस भित्रको बिवादले गर्दा मन्त्रिपरिषदले पुर्णता पाउन सकेको छैन् । बुधबार पुर्णता पाउने भनेको मन्त्रिपरिषदले काग्रेस भित्र मन्त्री छनोटको विषयमा बिबाद हुदा पुर्णता पाउन नसकेको हो ।
मन्त्री छनोटको विषयमा बुधबार रातिसम्म पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छलफल भए पनि सहमति भने हुन सकेन ।
पौडेल पक्षले मन्त्रिपरिषद्मा आफ्नो तर्फबाट कम्तीमा पनि छ जनाले अवसर पाउनुपर्ने दाबी र सभापति देउवाले चार जना सिफारिस गर्न गरेको आग्रहमा सहमति हुन नसकेपछि बुधबार पनि मन्त्रिपरिषद्ले पूर्णता पाएन ।
विवादबीच बिहीबार सभापति देउवा पक्षबाट केही मन्त्रीले नियुक्ति लिई शपथ ग्रहण गर्ने तयारी छ । नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशनपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि काँग्रेसको आन्तरिक समस्याले मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
मन्त्री छनोटका लागि काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा लामो छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूले सम्मानजनक प्रतिनिधित्वको कुरा गर्दै मन्त्रीहरूको नामावली पठाउँदा आफ्नो पक्षले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्नुभएको थियो ।
